सर्लाही, २६ साउन– सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर नाबालकको मृत्यु भएको छ ।
स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा शनिबार घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
बालकलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवामा लगिएकामा चिकित्सकले तत्काm मृत घोषणा गरेका थिए । मृतक नबालकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।