युवक मृत फेला, प्रहरीद्वारा युवती प्रक्राउ

काठमाण्डु टुडे २०८१ साउन २६ गते १९:५६ मा प्रकाशित

सर्लाही, २६ साउन– सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन् ।

स्थानीय १९ वर्षीय मुन्ना साह शनिबार मृत फेला परेका सर्लाही प्रहरीले जनाएको छ । स्थानीय शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको डिएसपी गौतम थापाले जानकारी दिए ।

मृतकको घाँटीमा चोट देखिएकाले कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान गर्न एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us