सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ: नैनसिंह महर

काठमाण्डु टुडे २०८१ साउन २५ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, २५ साउन– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन । आज शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन ।

उनले सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताएका छन । उनले भने, ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो ।

सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने । महरले सरकारले न्यूनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए ।

यस्तै स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे । ‘त्यो किन रोकियो रु कहिले बन्छ संयन्त्र रु,’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीन वटा मात्र प्रतिवेदन थिएनन् । धेरै कुरा आएका छन् । मैले आफैले उठाएका विषय पनि थिए ।

त्यसको कार्यान्वयन गर्ने गरी बैठक निर्णयमा पुगोस् ।’ उनले मितव्यायी र सुशासनको कुरा गरिरहेका बेला कांग्रेस सम्मिलित मधेस प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा महरले आपत्ति व्यक्त गरेका छन । प्रदेशमा मन्त्रिपरिषदको आकार ठुलो बनाउने कुरा सुशासनको विरुद्धमा हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us