३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी

काठमाण्डु टुडे २०८१ साउन २५ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, २५ साउन– न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्यायाधीश नियुक्ति प्रयोजनका लागि शुक्रबार न्यायपरिषद्को बैठक आह्वान गरीएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि शुक्रबार दिउँसो नै बस्नेगरी बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।

बैठकले जिल्लामा न्यायाधीश नियुक्ति गर्ने मात्रै एजेन्डा तय भएको प्रधानन्यायाधीश स्रोतले जानकारी दिएको छ । सर्वोच्चमा ४ र उच्च अदालतमा समेत १० जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था रहेपनि आजको बैठकमा यो एजेन्डा नरहेको स्रोतको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us