सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २५ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, २५ साउन– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन । सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ ।

पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो । सो क्रममा शुक्रबार उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us