काठमाण्डु, २५ साउन– प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले आज शुक्रबार सूचना निकालेको छ ।
पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको गृहमन्त्रालय ले जारी गरेको सुचनामा उल्लेख गरीएको छ ।
तर, उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै मन्त्रालयले हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरेको हो ।
शुक्रबार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सचिवस्तरीय निर्णयमा उल्लेख गरीएको छ ।