काठमाण्डु, २५ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने एक नेताले जानकारी दिएका छन ।
स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको ति नेताले जानकारी दिए । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्ने पनि उनले जानकारी दिएका छन ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।