एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु टुडे २०८१ साउन २४ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, २४ साउन– नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिको छ ।

उनलाई आज बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् । जोशीलाई बढुवा समितिको सिफारिस अनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका पदस्थापन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us