हवाई दुर्घटनाको जिम्मा मन्त्रीले लिनुपर्छ: रास्वपा सांसद खनाल

काठमाण्डु टुडे २०८१ साउन २४ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २४ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा बढ्दै गएको हवाई दुर्घटना कहालीलाग्दो भएको बताएका छन ।

उनले विश्वका दुई सय मुलुकमध्ये नेपाल दुर्घटनामा ज्यान गुमाउने मुलुकमध्येको १२ औँ नम्बरमा पर्ने भन्दै पछिल्लो साढे २ वर्षमा मात्र ८ वटा हवाई दुर्घटना भएको र १२३ जनाको मृत्यु भएको जानकारी दिए ।

त्यहीँ तुलनामा भारतमा कम दुर्घटना हुने गरेको भन्दै सांसद खनालले नियामक निकायको कमजोरी जिम्मेवार रहेको बताएका छन । उनले भने, ‘नियामक निकायको नेतृत्वले जिम्मेवारी नलिने र प्राविधिक कुरालाई मात्र दोष दिनु उपयुक्त हुँदैन, ‘दुर्घटना बढ्नुमा क्यान वा मन्त्रालयमाथि पनि छानबिन हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us