बंगलादेशको संसद् विघटन

काठमाण्डु टुडे २०८१ साउन २२ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, २२ साउन– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको छ ।’

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरीएको छ । सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो ।

आन्दोलनकै बीच अदालतको आरक्षणको कोटामा भारी कटौती गरेको छ । आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छाडेर भारत आएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us