काठमाण्डु, २० साउन– चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ । श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ ।
श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको पनि बताइएको छ ।