मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहलाई दोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८१ साउन २० गते १२:१५ मा प्रकाशित

काठमाण्डु, २० साउन– कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोराउने निर्णय गरेको छ कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् । दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us