टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, घोराही–तुलसीपुर सडक अवरूद्ध

काठमाण्डु टुडे २०८१ साउन २० गते ९:३१ मा प्रकाशित

दाङ, २० साउन–टिपरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकलमा चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । घटनाको विरोधमा आफन्त र स्थानीयले घोराही–तुलसीपुर सडक अवरूद्ध गरेका छन् ।

उनीहरु सडक बन्द गराएर प्रदर्शनमा उत्रिएका छन् । मृतकका आश्रित परिवारलाई उचित क्षतिपूर्ति र टिपर चालकमाथि कडा कारबाही हुनुपर्ने माग उनीहरुले राखेका छन् । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दुवै पक्षबीच संवाद गरी समस्या समाधानको प्रयास गरिने बताए ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु२ख ५०८५ नम्बरको टिप्परले बस्नेत सवार बा५८प ५६०५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ८ बजेतिर घोराही– १० अम्राई नजिकै ठक्कर दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us