डा. सन्दुक रुइत ‘दृष्टिका देवता’ का रुपमा सम्मानित

काठमाण्डु टुडे २०८१ साउन १९ गते २०:२२ मा प्रकाशित

काठमाण्डु, १९ साउन– वरिष्ठ नेत्र रोग विशेषज्ञ तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइत सम्मानित भएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डुले आँखा उपचार क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै शनिबार रुइतलाई सम्मान गरेको हो । सभामुख देवराज घिमिरेले उनलाई अभिनन्दन गरे ।

रुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका थिए । समाजका तर्फबाट सभामुखले हस्तान्तरण गरेको सम्मानपत्रमा डा. रुइत न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’ का रुपमा चिनिएको उल्लेख छ ।

रुइतले एसियाको सर्वाधिक ठूलो ‘रामोन मेगसेसे पुरस्कार प्राप्त गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us