आस्माकुमारी केसीले जितिन् मिस नेपालको उपाधि

काठमाण्डु टुडे २०८१ साउन १९ गते २०:१२ मा प्रकाशित

काठमाण्डु, १९ साउन–मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले शनिबार  ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन् ।  मिस नेपाल–२०२३ की विजेता श्रृच्छा प्रधानले उनलाई ताज हस्तान्तरण गरिन् ।

मिस नेपाल अर्थ–२०२४ को उपाधि सुमना केसीले जितिन् ।  यस्तै मिस नेपाल इन्टरनेशलन–२०२४ को उपाधि करुणा रावतले पाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us