काठमाण्डु, १८ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन ।
काठमाण्डु महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।