काठमाण्डु, १८ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन सत्ता रुढ दल कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् ।
दुवै दलले संसदीय दलको बैठकबाट निर्णय गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै ह्वीप जारी गरेका हुन् भने कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै संसदीय दलले ह्वीप जारी गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने जनाएको छ ।