मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए

काठमाण्डु टुडे २०८१ साउन १८ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, १८ साउन– एमाले अध्यक्ष केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् । चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us