काठमाण्डु, १८ साउन– यस बर्षको कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको फेल भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।
परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएको बोर्डले जनाएको छ ।