आरसी लामिछाने एमाले सम्पर्क समन्वय विभाग सचिव बने

काठमाण्डु टुडे २०८१ साउन १८ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १८ साउन– सत्ता रुढ दल एमालेको सम्पर्क समन्वय कमिटीको सचिवमा आरसी लामिछाने मनोनित भएका छन । बिहिबार बसेको एमाले सचिवालय बैठकले लामिछाने उक्त जिम्मेवारी दिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।

लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । गोरखाका स्थयी घर भएका लामिछाने अनेरास्ववियुको अध्यक्षमा पराजित भएका थिए ।

यसअघिका सचिव इन्द्र भण्डारी केन्द्रीय कमिटीको सदस्यमा मनोनित भएपछि रिक्त रहेको पदमा लामिछानेलाई जिम्मेवराी दिइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us