डिस्चार्ज भए सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य

काठमाण्डु टुडे २०८१ साउन १८ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, १८ साउन– सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज गरीएको छ । बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिएकी छन ।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाण्डु मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us