कैलालीका थप एक जनामा हैजा पुष्टि

काठमाण्डु टुडे २०८१ साउन १८ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, १८ साउन– कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का थप एक जनाका हैजा पुष्टि भएको हो ।

योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ ।

ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ । यस्तै, काठमाण्डुको टोखाका १ जनामा हैजा पुष्टि भएको छ । सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो ।

यिनीहरू निको भइसकेको स्रोतले जानकारी दिएको छ । दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us