काठमाण्डु, १८ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएका छन ।
गत साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो । कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
कार्यशाला भोलि पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने उनले जानकारी दिए ।