सिरहा, १८ साउन– सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीबाट प्रहरीले पेस्तोलसहित दुई भारतीयलाई गरेको छ ।
लहानतर्फ जाँदै गरेको यात्रु बसमा चेकजाँच गर्दा दुई भारतीय पेस्तोलसहित बिहीबार साँझ पक्राउ परेको सिरहा प्रहरी प्रमुख रमेश पण्डितले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत ग्राम पञ्चायत बलानशेर टोलका ३७ वर्षीय अरुण साह र सोही पञ्चायतको झझरीका १८ वर्षीय नीरजकुमार पासवान छन् ।
प्रहरीले पक्राउ परेका दुर्वलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।