६१ वर्षका वृद्धद्वारा १९ वर्षीया किशोरीमाथि बलात्कार

काठमाण्डु टुडे २०८१ साउन १७ गते २०:३४ मा प्रकाशित

अर्घाखाँची, १७ साउन– अर्घाखाँचीको सन्धीखर्कमा ६१ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका–८ गोलखाडाका ६१ वर्षीय निमबहादुर कुँवर बुधबार पक्राउ परेका हुन् । उनीमाथि १९ वर्षीय किशोरी बलात्कार गरेको आरोप लागेको छ ।

कुँवरले फकाएर सन्धीखर्क–६ स्थित जंगलमा लगी किशोरी बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us