अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

काठमाण्डु टुडे २०८१ साउन १७ गते १८:०० मा प्रकाशित

काठमाण्डु, १७ साउन– अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको छ ।

कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले जानकारी दिएका छन । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको छ ।

संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताएका छन ।

तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए। आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us