माधवको साथ छाडेकालाई एमालेमा उपहार, न्यौपाने र श्रेष्ठ स्थायी कमिटीमा थपिए

काठमाण्डु टुडे २०८१ साउन १७ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, १७ साउन– नेकपा एमालेको स्थायी कमिटीमा दुई जना नियुक्त भएका छन । बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

न्यौपाने पुराना नेता हुन् । उनी एकीकृत समाजवादीबाट फेरि एमाले फर्किएका थिए । एमाले फर्किएका न्यौपानेसँगै सिराहाका श्रेष्ठलाई स्थायी कमिटीमा ल्याइएको हो ।

उनी पनि माधव नेपालको पार्टी एकीकृत समाजवादीबाट फर्कीएका हुन । श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us