एमालेमा महेश बर्तौलाको लगातार बढुवा

काठमाण्डु टुडे २०८१ साउन १७ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– एमाले युवा नेता महेश बर्तौलालाई केन्द्रीय सदस्यमा बढुवा भएका छन । बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको एमालेले जनाएको छ ।

यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो । हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत रहेका छन् ।

मकवानपुर– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए । त्यसैको बदालामा ओलीले बर्ताैलालाई केन्द्रयी सदस्य बनाएको बुझिएको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us