एमाले केन्द्रीय सदस्यमा १७ जना जना मनोनीत, को को भए केन्द्रीय सदस्य ?

काठमाण्डु टुडे २०८१ साउन १७ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, १७ साउन– आज बसेको एमालेले सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले जनाएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक) , जितेन्द्र देव (सुनसरी), कुन्दन कुशवाह (रौतहट), कृष्णभक्त पोखरेल (चितवन), रामपृत राम (सिरहा), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् ।

त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् । त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाण्डु) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us