शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाण्डु टुडे २०८१ साउन १७ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १७ साउन– संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिएका छन ।

६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।

उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए । पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो । छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाना खाएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us