पार्टी निकट व्यापारीको होटलमा बस्दैछ एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ साउन १७ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

सिंहदरबार गेट अगाडि रहेको पार्टी निकट औषधि व्यवसायीको स्वामित्वमा रहेको बसेरा होटलमा ओलीेले पार्टी बैठक बोलाएका हुन् । उक्त होटल एमाले निकट
च्यासलस्थित पार्टी मुख्यालयमा बाढी पसेका कारण होटलमा बैठक बस्न लागिएको एमालेले जनाएको छ ।

बैठकमा सरकारको काम प्रभावकारी बनाउने, नेताहरुको कार्यविभाजन गर्नेसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ । श्रोतका अनुसार बैठकबाट एक नेता एक पदको नीतिअनुसार कार्यविभाजन गर्ने तयारी छ ।

अध्यक्ष ओलीबाहेक अरु नेता ‘एक पद एक जिम्मेवारी’ मा रहने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us