काठमाण्डु, १६ साउन- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाइएको निगमले जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । काठमाण्डु, पोखरा र दिपायल क्षेत्रमा
अब पेट्रोलको मूल्यस१७० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ ।