मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

काठमाण्डु टुडे २०८१ साउन ११ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको विद्यमान २० करोडको सीमा हटाएको छ । यसअघिको मौद्रिक नीति र मौद्रिक नीतिको त्रैमासिक समीक्षाले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा ४–१२ हुँदै १५–२० मा पुर्‍याएको थियो ।

तर, सेयर धित कर्जामा कुनै सीमा राख्न नहुने चौतर्फी आवाज उठाएपछि अन्ततः केन्द्रीय बैंक सीमा खारेज गर्न बाध्य भएको हो । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिबको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ ।

मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us