काठमाण्डु, ६ साउन– देशमा बाढीपहिरोले जनता आक्रान्त बनेको बेला दुई ठुला मिलेर संयुक्त सरकार गठन गरेका छन । नयाँ सरकार निर्माण भएसँगै सिंहदरबार देखी बालुवाटार सम्म बधाईदिनेको ताँती छ । तर बधाई र शुभकामनाले जनताको अपेक्षा पुरा हुने संकेत देखिदैन् ।
सरकार परिवर्तन भैइरहने शुभकामना र बधाई दिने क्रममा कमि आएको छैन । सत्ता परिवर्तन नेपालको स्थायी रोगको रूपमा देखिएको छ । कुनै पनि दलले लगातार पाँच वर्ष शासन गरेको इतिहास पछिल्लो तीन दशकमा रर्कड छैन ।
अस्थिर सरकारका कारण मुलुक दिन प्रतिदिन बर्बादीतर्फ धकेलिने क्रम बढदो छ । तर पनि त्यो रोग दीर्घजीवी बन्दै गएको छ । नया संविधान आएपछि झन् अस्थिर राजनीतितर्फ अग्रगतिमा बढेको देखिन्छ ।
कुनै पनि दलले बहुमत ल्याउन नसक्नु र मिलिजुली सरकार बनाएर अघि बढ्नुपर्ने बाध्यताले नेपाली राजनीति गुज्रँदै आएको छ । पछिल्लो समय नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बनाउने घोषणा गरेका छन् । ठुला दल मिलेर सत्ता सञ्चालन गरे पछि राजनीतिमा तरंग आएको हो ।
जनताले कुनै दललाई पनि स्पष्ट बहुमत नदिए पछि दुइ वा दुई भन्दा वढि दल मिलेर सत्तामा जानु पर्ने बाध्यताले गर्दा पनि अस्थिर राजनीतिको बिजारोपन भएको हो । सदृढ राष्ट्रियताको जगमा नै सवल र समुन्नत नेपालको परिकल्पना गर्न सकिन्छ । नेपालको भू–राजनैतिक परिस्थितिले गर्दा राष्ट्रियता सदैव चिन्तन र मननको विषय हो ।
देशका प्रमुख राजनितिक दलहरूको अर्कमन्यता कारण राष्ट्रिय हितका विषयहरू ओझेलमा पर्दैआएका हुन् । अहिले देशमा चरम राजनीतिक संकट छ । राष्ट्रियता माथि संकट थपिदै गएको अवस्थामा ठुला दलहरू मिलेर सत्ता सञ्चालन गर्नुले केही आशाका किरणहरू पलाएका छन् । अहिलेको सत्ता गठबन्धन बधाइ र शुभकामनामा सिमित नभएर अवसरका रूपमा लिई आफूलाई सच्याउँदै जनाताका आशा र भरोसालाई सम्बोधन गरी अघि बढ्नको विकल्प छैन ।
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दुई ठूला दलले संविधानमा देखिएका बाधा–व्यवधानलाई हटाउन संविधान संशोधन र मुलुककै लागि खर्चिलो भएको प्रदेशसभालाई खारेज गरी स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन जरुरी देखिन्छ ।