
काठमाण्डु, ४ साउन– शुक्रबारदेखि श्रीलंकामा सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार २:१५ बजेबाट सुरु हुने भएको छ ।
जुलाई १९ देखि २८ ९साउन ४ देखि १३ गते० सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा पर्न सफल भएको छ ।
दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा रहेका छन । चौथो टोलीको रुपमा यूएई छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुने भएको छ ।