काँग्रेस–एमालेमाथि मेटमणिको प्रश्नः आफू ३४ वर्ष शासनमा बसेर देश बर्बाद पार्ने, दोष साना दललाई दिने ?

काठमाण्डु टुडे २०८१ असार २८ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, २८ असार– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमाणि चौधरीले ३४ वर्ष शासन चलाएका काँग्रेस र एमालेले साना दलका कारण मुलुक बर्बाद भएको भन्नु अनैतिक तर्क भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मत दिन उभिएका चौधरीले ठूला भनिएकै राजनीतिक दलका कारण मुलुक बर्बाद भएको बताए ।

साना दलका कारण अस्थिरता भएको दोष दिएर उम्कन नखोज्न उनले चेतावनी दिए । ‘तपाईंहरुले ३४ वर्ष शासन गर्नुभयो । साना दलका कारण मुलुक बर्बाद भएको हो ?’, उनले भने, ‘अहिलेसम्म कुनकुन दलले शासन गरेको हो ? ठूला भनिएका राजनीतकि दलका कारण मुलुक बर्बाद भएको छ । साना दललाई दोष थुपारेर आफ्नो कमजोरी लुकाउन नखोज्नुस् ।’

फरक प्रसंगमा उनले एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विभटन गर्ने र काँग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बसेर पछुताउने दिन टाढा नभएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us