मसँग बदला लिने नाममा दलित, श्रमिक र घाइतेका बजेट नच्यातियोस:प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार २८ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बजेटमा समावेश गरिएका जनपक्षीय कार्यक्रम अब बन्ने सरकारले हटाउन सक्ने चिन्ता जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले बजेटमार्फत ल्याएका कार्यक्रम नहटाउन चेतावनी दिए ।

‘मसँग बदला लिने नाममा, प्रचण्डसँग बदला लिने नाममा दलित, श्रमिक समुदायका पक्षमा, घाइते र अपांगहरुका पक्षमा राखएिका बजेटका कार्यक्रम नच्यातियोस’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us