उरूग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा

काठमाण्डु टुडे २०८१ असार २८ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २७ असार– कोलम्बिया कोपा अमेरिका–२०२४ को फाइनलमा पुगेको छ ।

उरूग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया फाइनल पुगेको हो । जेफरसन लेर्माले ३९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा आक्रमणम रणनीतिसहित उत्रिएको उरूग्वेले गोल फर्काउन सकेन ।

उरुग्बेले खेलको ६७ औं मिनेटमा लुइज स्वारेजलाई मैदानमा उतारेको थियो । स्वारेजले एकपटक प्रहार गरे पनि क्रस बल बारमा लागेर फर्किएको थियो । योसँगै कोलम्बियाले सोमबार उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us