फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

काठमाण्डु टुडे २०८१ असार २७ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, २६ असार– फ्रान्सलाई हराउँदै स्पेन युरोकप फाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको एलियान्ज एरिनामा बुधबार बिहान फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेनले फाइनल यात्रा तय गरेको हो । स्पेनको जितमा ल्यामिन यमल र ड्यानी ओल्मोले एक/एक गोल गरे ।

रान्डल कोलो मुआनीले पहिलो हाफको ८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए । २१औं मिनेटमा स्पेनका यमलले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२५औं मिनेटमा ड्यानी ओल्मोले गोल गरे । त्यो नै स्पेनको जितका लागि निर्णायक भयो । दोश्रो हाफमा दुवै टिम गोल गर्न असमर्थ रहे ।

समूह चरणको खेलमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित हगारउँदै स्पेनले समूह विजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।
क्वाटरफाइनलमा जर्मनीलाई २–१ गोलले हराउँदै स्पेनले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो ।

इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग स्पेनको उपाधि भिडन्तमा भेट हुनेछ । युरोकपको फाइनल खेल आगामी १५ जुलाइमा हुनेछ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us