पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ: सांसद ढकाल

काठमाण्डु टुडे २०८१ असार २५ गते १४:०० मा प्रकाशित

काठमाण्डु, २५ असार– प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन ।

आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन । उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको बताएका हुन् ।

सांसद ढकालले भने, ‘हामीले ६६ औँ संसद् दिवस मनायौँ । पूर्वसांसद मञ्च र संघीय संसद्को संयुक्त आयोजनामा यो मनाइएको हो ।

पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । र उहाँहरूले केही मागहरू पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरूमा पूर्वसांसदहरु जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न ।

उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us