मेसी सेमिफाइनल खेल्न फिट छन्: प्रशिक्षक स्कालोनी

काठमाण्डु टुडे २०८१ असार २६ गते १२:१६ मा प्रकाशित

एजेन्सी– अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले जानकारी दिएका छन ।

साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा क्यानडासँग भिड्दै छ । मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो भइरहे पनि उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीले जानकारी दिएका छन ।

समूह चरणको अन्तिम खेल नखेलेका मेसीले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दा पूरै समय खेलेका थिए । ३७ वर्षीय मेसीले इक्वेडरविरुद्ध पेनाल्टी सुटआउटमा पहिलो पेनाल्टी हाने पनि गोल गर्न सकेनन् । स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘लिओ ठीक छन् ।

उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन् ।’

अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघघि पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २–० ले विजयी भएको थियो । स्कालोनीले यसपटक आफू र क्यानडाका प्रशिक्षक जेसी मार्सले केही फरक प्रयास गर्ने बताएका छन् ।

हरेक प्रशिक्षकले आफ्नो गल्तीलाई सच्याउदै लैजाने उनले बताए । स्कालोनीले क्यानडाको शारीरिक र अग्रेशिल शैलीविरुद्ध खेल्न आफ्नो टोलीले काउन्टर रणनीति अपनाउने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us