काठमाण्डु, २४ असार– रौतहटमा एक जनाको शव फेला परेको छ । जिल्लाको माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।