काठमाण्डु, २४ असार– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल सुरु भएको दाबी गरेका छन ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो ।’
एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको उनले बताए ।