अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन: ठाकुर गैरे

काठमाण्डु टुडे २०८१ असार २४ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमाले सांसद ठाकुर गैरेले अल्पमतमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन । आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले यस्तो बताएका हुन ।

उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने गरे । देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सरकार घोर अल्पमतमा परेको छ ।

देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ ।

बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us