कांग्रेस गगन थापाको नेतृत्वमा सरकारमा जाने

काठमाण्डु टुडे २०८१ असार २४ गते ८:५२ मा प्रकाशित

काठमाण्डू, २४ असार- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।                                                 सभापति शेरबहादुर देउवा थापालाई पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा पठाउन तयार भएका हुन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारमा जान चाहन्थे । थापाको नेतृत्व हुने भएपछि शर्मा पछि हटेको एक नेताले जानकारी दिए । थापाले गृह मन्त्रालय ताकेका थिए । देउवा थापालाई गृह दिन भने तयार छैनन् । यस्तोमा उनले स्वास्थ्य वा कुनै महत्वपूर्ण विकासे मन्त्रालय पाउने सम्भावना छ ।       

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us