प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउँछ: माओवादी सांसद दाहाल

काठमाण्डु टुडे २०८१ असार २३ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गर्ने सम्भावना रहेको दाबी गरेका छन ।

आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले यस्तो दाबी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका छन ।

उनले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उनले बताए । उनले विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताएका छन ।

उनले भने, ‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ ।

भलै त्यो हुन सकेन भने पनि नेकपा (माओवादी केन्द्र) को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ’ उनले भने, ‘मुख्यतः संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र नेपाली जनताका समृद्धिका आकाङ्क्षाको प्रतिनिधित्व गर्ने उद्देश्यमा चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस् ।

जुनसुकै भूमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ ।’ उनले माओवादी केन्द्रले जनताप्रति जबाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भूमिका निर्वाह गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us