संविधान संशोधन पश्चगमन होइन: केपी ओली

काठमाण्डु टुडे २०८१ असार २३ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २३ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन । आज आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने पनि बताएका छन । उनले भने, ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौं ।

ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो, ‘राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’

उनले संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने पनि बताएका छन । अध्यक्ष ओलीले भने, ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउँदैछौं ।

यो सरकारमा सबैले सहभागी हुनुपर्छ ।’ बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ ।

सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us