एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

काठमाण्डु टुडे २०८१ असार २२ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, २२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठक पार्टी मुख्यालय काठमाण्डुको आलोक नगरमा सुरु भएको छ ।

दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् शनिवार दिउँसो पार्टीको बैठक बोलाइएको हो । बैठक सुरु हुनुअघि भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले दसौँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूर्वक महाधिवेशन सम्पन्न गरेकोमा प्रशंसापत्र प्रदान गरेका थिए ।

आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us