उपत्यकाका खोला किनारमा प्रहरीको पेट्रोलिङ

काठमाण्डु टुडे २०८१ असार २२ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २२ असार– अविरल वर्षाका कारण काठमाण्डु उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पेट्रोलिङ गरिरहेको छ ।

काठमाण्डुका बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेश मैनालीले जानकारी दिएका छन ।

दुर्घटना भएमा उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको एसएसपी मैनालीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us