७३ जिल्लामा फैलियो डेंगु

काठमाण्डु टुडे २०८१ असार २० गते १३:११ मा प्रकाशित

काठमाण्डु, २० असार– देशभरका ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी ) ले जानकारी दिएको छ ।

जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जानकारी दिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको पनि ईडीसीडीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us